मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभामा आज प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने



जेठ १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ८ : ४६ बजे