मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ देखि जेठ २० गतेसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमण कार्यतालिका सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हुनेछ ।

चार दिने भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र भारतीय उद्योग परिसंघ ९सीआईआई० ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने जनाईएको छ ।

भ्रमणको दौरान प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने जनाईएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १२ : ३१ बजे