काठमाडौं,१४ जेठ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। यसअघि राष्ट्रपति कार्यालयमा पुगिसकेको त्यस सम्बन्धी पत्र राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाइदिएको थियो ।
मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि ९सोमबार० चौधरीलाई आममाफी दिनेछन्।
भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे बैठकमा छलफल भएको जनाइएको छ ।










