प्रतिनिधि सभाको बैठक बस्दै, आजदेखि बजेटमाथि छलफल



जेठ २१, काठमाडौं । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विहान ११ बजे बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल शुरू हुनेछ ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले वक्तव्यसहित ‘आव. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८० आइतबार  ८ : ०२ बजे