मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा



बैतडी, २२ जेठ । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन यही जेठ ३० गते तोकेको छ । यसका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

सम्मेलनका पुर्चौडी नगरपालिकामा कांग्रेस जिल्ला सचिव देवराज जोशी, सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्द, पाटन नगरपालिकामा जिल्ला उपसभापति वीरबहादुर विष्ट, सुर्नया गाउँपालिकामा प्रदेशसभा ख का क्षेत्रीय सभापति शिवराज भट्ट, डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई प्रतिनिधिका रूपमा खटाईएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, दशरथचन्द नगरपालिकामा जिल्ला उपसभापति खगेन्द्रसिंह धामी, पञ्चेश्वर गाउँपालिकामा प्रदेशसभा क का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, शिवनाथ गाउँपालिकामा जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकामा पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापालाई प्रतिनिधिका रूपमा खटाइएको सो पार्टीले जनाएको छ ।

पालिका सम्मेलनपूर्व हाल जिल्लामा सबै वडामा वडा सम्मेलन जारी रहेको छ । दोगडाकेदारका सबै वडामा हाल वडा सम्मेलन जारी रहेको पालिका सभापति नन्दराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १० : ३२ बजे