सदनमा भैँसी र राँगाको विषयमा बहस गरे गोबर बाहेक केही पाउन सक्दैनौ : रवि लामिछाने



जेठ २५,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदनमा भैँसी र राँगाको विषयमा बहस गरेकोमा माफी मागेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै मुर्रा भैँसीसहितका विषयमा असान्दर्भिक विषय उठाइएको भन्दै उनले क्षमायाचना गरेका हुन् ।उनले सदनमा भैँसी र राँगाको विषयमा बहस गरे गोबर बाहेक केही नपाइने बताएका छन् ।

उनले संसद्को गरिमा राख्नुपर्ने बताउदै भने,ु हामीले संसद्को गरिमा राख्नुपर्छ । यो सदन भैँसी राँगाको विषयमा गफ गरेर यदि पाँच वर्ष बिताउने हो भने हामी गोबर बाहेक केही पनि प्राप्त गर्न सक्दैनौ हामी आत्मा आलोचना गर्न चाहन्छौँ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहिबार  २ : ४४ बजे