काठमाडौं । सेयर बजार (नेप्से)आज सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो ।
आज १४३ वटा कम्पनीको सेयर बढेको छ भने १२२ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको सेयर स्थिर रहेको छ ।
यो दिन शिखर पावर डेभलपमेन्टको सेयर सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर ५.०४ प्रतिशतको सेयर भने सर्वाधिक घट्नेमा रह्यो ।
आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको छ ।










