कोशी प्रदेशको विरोधमा अराजक गतिविधि गर्नेलाई कारबाहि हुन्छ : गृहमन्त्री श्रेष्ठ



२६ जेठ ,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशविरुद्ध पहिचानवादीको नाममा अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले नेकपा एमाले अध्यक्ष तथा प्रतिपक्षी दलको नेता केपी ओलीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिहरूका सम्बन्धमा दोषीलाई कानुनी कारबाहीमा ल्याउने प्रक्रिया अघि बढाएर मुद्दा चलाएको जानकारी गराए ।

उनले प्रदेश सरकारको तर्फबाट सबै राजनीतिक समस्याहरू वाताद्वारा हल हुन सक्ने भनेर वार्ताका लागि प्रदेश सरकारबाट आह्वान हुनु सकारात्मक कुरा भएको बताए । यति हुँदा हुँदै पनि केही अवाञ्छनीय र अराजक गतिविधिहरू देखा पर्नु दुःखको कुरा भएको उनले बताए ।

प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार  २ : २९ बजे