प्रतिनिधिसभाको बैठक आज पनि, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने



जेठ २८काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्नेछ ।संघीय संसद भवन बानेश्वरमा बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

बैठकमा आर्थिक वर्ष २०८०र/०८१ को बजेट माथिको छलफल जारी रहनेछ ।

आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आ।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तवमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको जनाएका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटको कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन्।

प्रकाशित मिति : जेष्ठ २८, २०८० आइतबार  ८ : ५८ बजे