जेष्ठ २८,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसकेको बताएका छन् ।
नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टी विधिसम्मत ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताएका हुन् ।
पार्टि र भ्रातृ संस्थासंस्थाहरुको आन्तरिक निर्वाचनमा सभागि हुने तर नतिजा आफ्नो अनकुल नआयपछि अलोकतान्त्रिक भयो भन्ने परामपरा बिकसित भैरहेकाले जिम्मेवार बन्न उनले सबैमा आग्रह गरे ।
“प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भने । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।
आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।










