२८ जेठ,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला संस्कृतिको रक्षा र सम्मान गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्ने बताएका छन्।
आइतबार काठमाडौंको बबरमहलस्थीत आर्ट काउन्सीलमा चित्रकला प्रदर्शनीको अवलोकन गर्दै अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको भन्दै भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्रता दिनुपर्ने बताए । उनले जिवन्त गतिशिल मावन समाजका लागि चित्रकला प्रदर्शनीले इतिहास बुझ्न प्रोत्साहन गर्ने जिकिर गरे।
उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखे । प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।
प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।
एमालेमा उमेरहदका बिषयमा सोधिएको प्रश्नमा भने उनले प्रतिक्रिया दिन चाहेनन् ।










