गौर हत्याकाण्डविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा



काठमाडौं, २९ जेठ । रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डविरुद्धको मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।

गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर तथा जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहटलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार  १ : ०२ बजे