दार्चुलामा पुरुषको शव फेला



दार्चुला, ८ असार । दार्चुलामा एक पुरुषको शव फेला परेको छ ।

ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४०४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली खटिनुका साथै इलाका प्रहरी कार्यालय हुतीले पनि घटनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : असार ८, २०८० शुक्रबार  ५ : ४१ बजे