बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन



काठमाडौं, १० असार । अदालतको अवहेलना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वोच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी छन् ।

प्रकाशित मिति : असार १०, २०८० आइतबार  १ : ११ बजे