संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग



काठमाडौं, १४ असार । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन माग गरेको हो ।


संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्कीलगायतलाई आग्रह गरिएको नेविसंघले जनाएको छ ।

प्रकाशित मिति : असार १४, २०८० बिहिबार  ४ : ५५ बजे