प्रतिनिधि सभामा प्रधानमन्त्रीको स्पष्टिकरण, अर्को बैठक असार २९ मा बस्ने



काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो । 


अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे । 


सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित मिति : असार २५, २०८० सोमबार  ५ : ४३ बजे