सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त



काठमाडौ , २७ असार ।सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : असार २७, २०८० बुधबार  १० : २२ बजे