काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एबम नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको शवयात्रा सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीपछि सीताको शवयात्रा आर्यघाटका लागि निस्केको हो।
दाहालको अन्तिम संस्कारका लागि आर्यघाटमा तयारी थालिएको छ।














