कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, गुट संस्थागत गर्न सक्रिय भएको भन्दै नेतृत्वको आलोचना



काठमाडौं । नेपालीकांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय समिति बैठक आजपनि बस्नेछ ।पार्टी केन्द्रीयकार्यालय सानेपामाबिहान ११ बजे बस्ने बैठकमा महामन्त्रीगगनकुमार थापाद्वारा केन्द्रीयकार्यालयकातर्फबाट राखिएको एजेन्डा माथिसदस्यहरूले आ–आफ्नाधारणा राख्ने छन् । बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य तथा प्रदेश समितिका सभापतिहरूले आआफ्नो धारणा राखेका छन् ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधि र विधानअनुसार सञ्चालनहुननसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । पार्टी सभापतिका साथै पदाधिकारीहरू पार्टी संगठनलाई बलियो बनाउनभन्दा गुटलाई संस्थागत गर्न सक्रिय भएको आरोप लगाउँदै सदस्यहरूले व्यक्तिहोइन संस्थाबलियो बनाउनेगरी लाग्न नेतृत्वलाई सुझाएका छन् ।

पार्टीमाअनुशासनहिनतामौलाएको गुनासो गर्दै केन्द्रीयपदाधिकारी देखि सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुको साटो अरुलाई आरोपित गर्न मात्रलागि परेको विचार राखेका थिए । पार्टीका भ्रातृ संगठनलाई पूर्णतादिननसक्दातल्लो तहको संगठन कमजोर बनेको धारणा सदस्यहरूले राखेका छन् । साथै, प्रदेश सभापतिहरू संविधान र पार्टी विधानको व्यवस्थाअनुसार संघीय संरचनालाई केन्द्रीय नेतृत्वले स्विकार गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबारबाट सुरु भएको बैठकमा महामन्त्रीथापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्मएक वर्ष गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरसहितकाएजेन्डाहरू पेस गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : २७ बजे