काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे ।
उनले भने ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने काम उहाँले गर्नु भएको छ । चुनावको मुखमा भागेर उहाँ अस्ट्रेलिया गएर बस्नु भयो । चुनाव सकिए पछि नेपाल फर्किनु भएको छ। प्रत्येक कांग्रेसको मोवाईल हेर्ने हो भने कांग्रेसका कार्यकर्ताहरु सुत्न पाएका छैनन् रात भरि गठबन्धनका उम्मेदवार भोट नदेउ झापाका देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर उहाँले फोन गरेको अहिले पनि रेकर्ड छ । यस्ताको नेतृत्वले नेपाली कांग्रेसलाई कहाँ पु¥याउछ । ?’
झापा २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् ।