५० लाखसम्मको शेयर धितो कर्जामा मात्र सय प्रतिशत जोखिम भार



काठमाडौं । नेपाल राष्ट्र बंकका गर्भनर महाप्रसाद अधिकारीले, नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भार कम हुने प्रष्ट पारेका छन् । आईतबार आर्थिक वर्ष २०८०/८१ को मौद्रीक नीति सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले ५० लाखसम्म शेयर धितो कर्जामा लागि १०० प्रतिशत जोखिम भार बनाइने बताए ।

‘आज भन्दा २ वर्ष अगाडी १५ लाख भन्दा सानो कर्जाको हकमा १०० पैतिशत मात्र जोखिम भार लगानी हुने त्यो भन्दा धेरैको हकमा १५० प्रतिशत लागु हुने व्यवस्था गरेका थियौं । त्यो २५ लाखलाई अलिकति बढाएर ५० लाख सम्म बनाउने भनेर तयार गरिएको हो । हामी निकट भविष्यमा चाँडो भन्दा चाँडो यससंग सम्बन्धित सर्कुलर ल्याउछौं । यसको कुनै अन्यौता भएर सबैको १०० बाट १५० गारउन खोजेको हो की अथवा ५० सम्मको १२५ सम्म हो की भन्ने अन्यौतामा नरहनु होला हामी यसमा स्पष्ट छौं । ’

उनले शेयर धितो कर्जालगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको बताए । आवासीय कर्जामा मात्र १५० बाट सय बनाउन खोजिएको बताइएको उनको भनाई छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ०८ बजे