जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान



काठमाडौ , ९ साउन ।जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार  २ : ५९ बजे