नेपाल बारद्वारा स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशको ध्यानाकर्षण



काठमाडौं । नेपाल बार एशोसिएसनले, स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ ।प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बारको टोलीले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो ।

सर्वोच्चको पूर्ण बैठकले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । साथै उसले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।

कार्की न्यायाधीश रहँदा बनेको समितिले, न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ४६ बजे