संसदीय समितिको भागबण्डोको टुंगो लाग्यो , कसले के पाए ?



काठमाडौ ,२२ साउन । संसदीय समितिको भागबण्डोको टुंगो लागेको छ। नेकपा माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स‌सदीय समितिहरूको नेतृत्वमा भागबण्डा मिलेको बताएका हुन्।

सत्तारूढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले सभापति चयनको मिति तोक्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।कांग्रेसले ४, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले २ संसदीय समितिको नेतृत्व पाउने गरी बाँडफाँट भएको एक सांसदले जानकारी दिए।यस्तै, संसदीय समितिमा एकीकृत समाजवादीले १, जनता समाजवादी पार्टीले १ र जनमत पार्टीले एक नेतृत्व पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने नेतृत्व पाएका छैनन्।

कसले के पाए?

एमाले( लेखा समिति, महिला समिति र राज्यका निर्देशक)

माओवादी( कानुन, ‍विकास समिति)

कांग्रेस( अर्थ, कृषि, सुनुवाइ समिति र राज्य व्यवस्था समिति)

जसपा( अन्तर्राष्ट्रिय सम्बन्ध समिति)

जनमत( उद्योग समिति)

नेकपा एकीकृत समाजवादी( शिक्षा समिति)

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  २ : ५२ बजे