उद्योगमन्त्रीसँग युरोपेली सङ्घका राजदूतको बिदाइ भेट



काठमाडौ , २२ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले बिदाइ भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा मन्त्री रिजालले लगानी तथा व्यापारको क्षेत्रमा युरोपेली सङ्घले नेपाललाई पु¥याएको सहयोगप्रति आभार प्रकट गरे।

उनले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपेली सङ्घबाट अझ सहयोग प्राप्त हुने अपेक्षा गरेका मन्त्री रिजालको सचिवालयले जनाएको छ । भेटमा मन्त्री रिजालले पर्यटन, जलविद्युत्, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आग्रह गरे। 

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ५ : ४२ बजे