काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री सुदन किराँतीले किराँती र राई समुदायले राजनीतिको क्षेत्रमा जरा गाड्न नसकेको गुनासो गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित किराँत राई यायोक्खा ३६ औं स्थापनादिवसको अवसरमाआयोजितकार्यक्रममामन्त्री किराँतीले राजनीति क्षेत्रमाआफ्नो जरा माथिविश्वास गर्न नसकेका भन्दै ठिमाहा जस्तो भएको बताएका हुन् ।
उनले भने,‘राजनीतिमा हामीलाई के लाग्यो लाग्यो । हाम्रो जरा माथि विश्वास गर्न सकेका छैनौं माटो माथि उठ्न सकेका छैनौ ठिमाहा जस्त देखिन्छौं । राजनीतिको बाटो राजमार्ग जस्तो हुँदैन् । नथाक्नुहोस् तपाईहरु आज हामीलाई समय र भूमिकाले फरक ठाउँमा पु¥याएको छ ।’














