संसदीय छानबिन समिति भन्दा पनि सरकारले गरिरहेको अनुसन्धानलाई सहयोग गरौँ : कांग्रेस महामन्त्री शर्मा



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति माग गर्ने एमालेले ३३ किलो सुन प्रकरणको फाइल बन्द गराएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले अहिले संसदीय छानबिन समिति भन्दा पनि सरकारले गरिरहेको अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताए ।“छानबिन आयोगको विषयमा संवादमै छौँ, निष्कर्षमा पुगौँला । सय किलो सुन त भेटियो । ३३ किलो सुनको छानबिन अयोग त छोड्नुहोस्, एउटा तोलासम्म ३३ किलो सुनको कथा फाइल बन्द भएको छ,” शर्माले भने ।बरु अहिले सरकारी संयन्त्रमा भइरहेको अविश्वासबारे आयोग बनाएर छानबिन गर्न सकिने उनको भनाइ छ ।

“हामीलाई कोप्रति अविश्वास रु सीआईबीप्रति अविश्वास हो रु राजस्व अनुसन्धानप्रति अविश्वास रु,” उनले भने, “छानबिन आयोग गठन गर्नुपर्छ भनेर नेपाली कांग्रेसको पार्टीको तर्फबट माग गर्न चाहान्छु, हामीले हाम्रो संस्थामाथि किन विश्वास गर्न सकेनौँ छानबिन यसमा गरौँ । विश्वासको संकट उत्पन्न हुने गरी प्रश्न उठ्ने किन बनायौँ, यसमा छानबिन गर्न अयोग बनाऔँ ।”उनले ससानो विषयमा पटकपटक संसद् अवरोध गरेर समस्या समाधान नहुने पनि बताए ।

प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार  ५ : ०२ बजे