काठमाडौ , २४ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन्। उनले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्राडा तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल गरेका हून्।
छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताए । सडक विस्तार गाउँबस्तीमा पु¥याउनुपर्नेमा जोड दिँदै उनले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताए ।
मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका सडक अवस्था, भौगोलिक सन्दर्भ, आगामी दिनमा सडकको सुरक्षा र स्थायित्व कसरी हुनसक्छ भन्ने विषयमा गरिएको छलफलबाट यस क्षेत्रमा थप सहयोग पुग्ने बताए।
छलफलमा विज्ञ टोलीले धेरै खर्चिलो भए पनि देशको भूगोलअनुसार सुरुङ मार्गमा जान सुझाव दिनुभयो । जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ ।
छलफलमा मन्त्रालयका उच्च अधिकृतको पनि सहभागिता रहेको थियो ।














