कपनमा नगर प्रहरी र स्थानीयबिच विवाद



काठमाडौँ , २५ साउन । कपनमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र स्थानीयबिच झडप भएको छ।कपनमा खोला मिचेर बनाइएका अनधिकृत घरटहरा भत्काउन महानगरको टोली डोजरसहित पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

आफूहरुलाई पूर्वजानकारी नै नगराइ महानगरले डोजर चलाउन खोजेको भन्दै स्थानीयले प्रतिकार गरेका हुन्।काठमाडौँ महानगरपालिका वडा नम्बर १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमाना रहेको खहरे खोलामा बनेका अवैध संरचना भत्काउन महानगरको टोली पुगेको हो।

खोला मिचेर घरटहरा बनाइएको हुँदा उक्त क्षेत्रमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गरेको छ।

प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार  ४ : ०२ बजे