आज सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो , कतिमा हूदैछ कारोबार ?



काठमाडौं , २६ साउन । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा झरेको हो ।यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : श्रावण २६, २०८० शुक्रबार  ११ : ३७ बजे