काठमाडौं, २९ साउन । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन तोलामा एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











