काठमाडौं, २९ साउन । उप प्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक नाराले मात्र लोकतन्त्रको रक्षा हुन नसक्ने टिप्पणी गरेका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको चौथो त्रैमासिक वार्षिक समिक्षा बैठकलाई सम्बोधन गर्दे उनले राजनीतिक नाराले मात्र लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका हुन् ।लोकतन्त्रिक उपलब्धीलाई माध्यम बनाएर जनतालाई डेलीभरी दिन नसके नाराको मात्रै कुनै औचित्य नहुने उनको भनाई छ ।उनले भने, ‘लोकतन्त्रिक उपलब्धिलाई माध्यम बनाएर जनतालाई डेलीभरी दिन सकेनौं भने जनताको जीवनमा वास्तबीक परिवर्तन ल्याउन सकेनौ भने ,राजनीतिक परीवर्तनबाट हाम्रो जीवनमा र पोल्टामा यति चिज प्राप्त गर्न सक्यौं र भन्ने अनुभूति जनतालाई गर्न सकेनौ भने , राजनीतिक नाराले मात्र लोकतन्त्र रक्षा हुन सक्दैन् ।’
गृह मन्त्री श्रेष्ठले मन्त्रालयले, अहिले सम्म गरेको काम सामान्य सन्तोषजनक भएपनि उक्त कामलाई अझै व्यवस्थीत, प्रभावकारी र परिणाममुखी बनाउँन गम्भीर आत्मसमिक्षाको प्रक्रियामा रहेको बताए ।उनले भने, ‘गृह मन्त्रालयले अहिलेसम्म गरेको काम सामान्य सन्तोषजनक भएपनि हामी हाम्रो कामलाई अझै व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँन गम्भीर आत्मसमिक्षाको प्रक्रियामा छौं । त्यसलाई सुधार अभियानको रुपमा अगाडी बढाउँने छौं ।’














