देश अहिले आतंककारी समूहले चलाएको जस्तो भयो : सांसद सुनिल शर्मा



काठमाडौं , २९ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश अहिले आतंककारीहरुको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् ।


सोमबार बसेको प्रतिनिधिसभाको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।उनले भने ‘ अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीको जुन रवैया छ, त्यो प्रजातान्त्रिक देशको प्रधानमन्त्री र गृहमन्त्रीको रुपमा नभएर एउटा आतंककारीहरुको समुहले चलाएको जस्तो गरी देश चलाएका छन् । ’सांसद शर्माले आफुलाई गिरफ्तार गरेको शैली आतंककारीको जस्तो शैली भएको बताए ।गृहमन्त्रीले जसरी पनि राजीनामा दिनै पर्ने उनको माग छ ।यो सरकारकार पूर्ण रुपमा असफल भएको र जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको जिकिर पनि शर्माले गरे ।उनले सरकारले जनताको न्यूनतम आवश्यकता समेत पूरा गर्न नसकेको बताए ।

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  ५ : १० बजे