काठमाडौं, २९ साउन । गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ।
एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो।
१ सय ६० वटा ब्रेक(सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ।
ब्रेक सूबाट निकालेर तौल आएको गर्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।
“ब्रेक सूबाट निकालिएको सुनको तैल ६० केजी ७८९ ग्राम भएको छ । यो सुनमा केही कालो पदार्थ पनि छ । असली तौल अब गालेपछि आउँछ,” आचार्यले भने, “अब कति घट्छ भन्ने भोलि थाहा हुन्छ । भोलि १०ः३० बजे गाल्ने काम हुने छ ।”