सिटिजन्स बैंकका १० कर्मचारी फरार



काठमाडौं , ३० साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् ।

काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बैंकका ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो ।उनीहरू सिटिजन्स बैंकका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० कुमोध ढुंगेलले जानकारी दिए पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन् ।उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।

प्रहरीका अनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको थियो ।त्यो बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले शैक्षिक प्रमाणपत्रबारेसमेत अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८० मंगलबार  ४ : ५० बजे