यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८० पैसा र बिक्री दर १४५ रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५पैसा रहेको छ ।यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  १० : ०७ बजे