सरकार युवा उद्यशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ : अर्थ मन्त्री महत



काठमाडौं, ३१ साउन । अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् ।


बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले यूवाहरुलाई देशमै रोक्नका लागि सरकारले यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।उनले भने,‘सरकार हर किसिमबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केहि हुन थाल्यो भन्ने भएपछि विदेश गएका यूवाहरुपनि देशमा अवसर देखेर आफै आउँछन् ।’


देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरुलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उनको भनाइ छ ।उनले भने,सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौं उद्यमशील गर्न चाहने युवाहरुलाईं हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’
मन्त्री महतले उद्यमशीलताको नेतृत्व यूवाहरुले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्पे्ररणा गर्ने कुरा जटिल रहेको टिप्पणी गरे ।उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सिप र क्षमता लिएर आउँनेहरुको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताए ।

प्रकाशित मिति : श्रावण ३१, २०८० बुधबार  २ : ०८ बजे