बढ्यो पाउण्डको भाउ,अरुको विनिमय दर कस्तो छ ?



काठमाडौं , ३२ साउन । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ ।


बुधबारको तुलनामा आज पाउण्डको मूल्य बढेको छ । हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २३ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसामा कारोबार भएको थियो ।यस्तै, अमेरिकी डलरको भाउ स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५०पैसा रहेको छ ।यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार  १० : ०९ बजे