सुनसरी, ३२ साउन । नेपाली कांग्रेस सुनसरीको अन्तरिक बिशेष अभियान कार्यक्रम सम्पन्न भएको छ । पार्टी संगठन बिस्तार तथा आन्तरिक छलफललाई प्रभावकारी बनाउदै आन्तरिक बिशेष अभियान सफलतापूर्वक सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य एबम सुनसरी जिल्लाका लागी अभियानका केन्द्रीय प्रतीनिधी आङ गेलु शेर्पाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शेर्पाले अभियानले जिल्लामा उत्साह थपेको बताए ।उनले पार्टी भित्र थुप्रै सुधार गर्नुपर्ने बिषयहरु रहेको भन्दै आगामी दिनमा सुधार गर्दै लगिने दाबी गरे ।
आन्तरिक अन्तरिक बिशेष अभियान समापन कार्यक्रममा सूनसरीमा कांग्रेसको स्थिति र बस्तूगत परिस्थितिबारे छलफल भएको थियो । कार्यक्रममा पार्टीले आगमि दिनमा तय गर्ने गन्तब्यका बारेमा पनि संक्षिप्त बिचार राखिएको थियो ।
कार्यक्रममा सूनसुरीका सभापति केदार भण्डारीले अभियान र कांग्रेसको स्थिति, वर्तमान बस्तूगत परीस्थितिबारे आफ्नो धारण ब्यक्त गरे । तेस्तै सुनसरी जिल्लाका सचिब बिरेन्द्र साहले पनि आफ्नो बिचार राखेका थिए ।