प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द



काठमाडौं , १ भदौ । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार  १० : २४ बजे