धरान । स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको स्थानीयवासीले बताएका छन्।धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ा।
इटहरी हुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ। निषेधादेशका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। धरान भित्रिने सार्वजनिक सवारीको आवतजावत करिब ठप्प रहेका छन्।
धरानमा बजार खुला छ। स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध नभएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सामूहिक रूपमा राजनीतिक, सामाजिक, धार्मिक भेला प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाइएको जनाएको छ।
‘धरानमा धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी भदौ ८ गते राति १२ बजेदेखि भोलिपल्ट ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
स्थानीय प्रशासनले विज्ञप्तिमा धार्मिकरसाम्प्रदायिक तथा जनस्वास्थ्य संकटकाल र शान्तिसुरक्षाको संवेदनशीलता हेरेर सामूहिक रूपमा गरिने धार्मिक, सांस्कृतिक, राजनीतिक भेला, प्रदर्शनमा निषेध गरेको छ ।
धरानामा आज विभिन्न धार्मिक संघ संगठनहरूले प्रर्दशन गर्ने तयारी गरेका छन् भने त्यहाँ डेंगी रोगको संक्रमण पन फैलदै गएको छ । दुबैलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको हो ।
धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।