यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । युरो एकको खरिद दर आज १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा तोकिएको छ । यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेकोे छ । क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा र बिक्री दर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ८ : १७ बजे