आज पनि सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर तीन कारोबार दिनदेखि ( बिहीबारदेखि आइतबारसम्म) सुन एउटै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा काराबार भइरहेको छ ।महासंघका अनुसार तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ११ : २८ बजे