आज सुनको मूल्य बढ्यो



काठमाडौं , १३ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा करोबार भएको हो ।आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा करोबार भएको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार  ११ : ४७ बजे