आज सुनको मूल्य बढ्यो , कतिमा हुदैछ कारोबार ?



काठमाडौँ , १४ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार  ११ : ४० बजे