यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं , १७ भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्र्वनिक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।युरो एकको खरिद दर १४३ रुपैयाँ २१ पैसा र बिक्री दर १४३ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३९ पैसा र बिक्री दर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८० आईतबार  ७ : ५३ बजे