आइतबार एक सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?



काठमाडौं । कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १७, २०८० आईतबार  १२ : ३० बजे