बढ्यो डलरको भाउ,अरुको विनिमय दर कति छ ?



काठमाडौं , २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । हिजो डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो । हिजोको तुलनामा डलरको भाउ बढेको छ ।


यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ ।बुधबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा गेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०८० बुधबार  ८ : ०१ बजे