आज सुनको मूल्य बढ्यो , कतिमा हुदैछ कारोबार ?



काठमाडौं, २५ भदौ । नेपाली बजारमा सोमबार सनुचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ११ : ३४ बजे