नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एल.जी. ले दशैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाईत दशैं तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एल.जी को कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गरिने एल.जी. को लागि नेपालको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले जनाएको छ ।
यस योजना अन्तर्गत, एल.जी. को लागि नेपालको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४०% सम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ। ग्राहकहरूले एल.जी का सबै उत्पादनहरूमा विशेष मूल्यमा बिना लागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन्। त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५% सम्म छुट पनि प्राप्त गर्न सक्ने पनि सि.जी. इलेक्ट्रोनिक्सले जनाएको छ
यस अवधि भित्र एल.जी.को टि.भी. खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एल.जी. स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गरिने बताइएको छ।यो अभियान भाद्र २५ देखि नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।











